|

भारतमा कोरोना भाइरस संक्रमितको संख्या शनिबारसम्म एक करोड पाँच लाख ४२ हजारभन्दा बढी पुगेको छ। विगत २४ घण्टाको अवधिमा भारतमा १५ हजार १५८ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना संक्रमितको संख्या एक करोड ५ लाख ४२ हजार ८४१ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ।

 गत २४ मा भारतमा कोरोना संक्रमणको कारण १७५ जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या एक लाख ५२ हजार ९३ जना पुगेको छ। मन्त्रालयको पछिल्लो विवरणमा भारतमा एक करोड एक लाख ७९ हजार भन्दा बढी व्यक्ति संक्रमणमुक्त भएको देखिएको छ। हाल भारतमा दुई लाख ११ हजार ३३ सक्रिय संक्रमित रहेका छन्। भारतको राष्ट्रिय राजधानी दिल्लीमा शुक्रबार २९५ जना थप व्यक्तिमा कोरोना भाइरसका संक्रमण देखिएको र १० जनाको मृत्यु भएको छ।

भारतमा कोभिड-१९ शुरु भएयता भाइरस सङ्क्रमणको कारण दिल्लीमा १० हजार ७३२ भन्दा बढीको मृत्यु भइसकेको छ। दिल्लीमा गत बिहीबार कोरोना संक्रमणको कारण चार जनाको मात्र मृत्यु भएको जनाइएको छ। यो मे ११ देखि हालसम्म कोरोना भाइरसको कारण एक दिनमा मृत्यु हुने व्यक्तिको संख्या सब भन्दा कम भएको समाचारमा जनाइएको छ।

यसैबीच, सरकारले देशका विभिन्न भागमा कोभिड-१९ परीक्षणलाई तीव्रता दिने बताएको छ। भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले शुक्रबारसम्म देशभर १८ करोड ५७ लाख ६५ हजारको हाराहारीमा नमूना परीक्षण गरेको छ। शुक्रबार एक दिनमा मात्र आठ लाख ३ हजार ९० जनाको कोभिड-१९ परीक्षण गरेको जनाइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.