|

काठमाडौं : पूर्व-मुख्यसचिव लोकदर्शन रेग्मी बेलायतका लागि नेपाली राजदूतमा नियुक्त भएका छन्। राष्ट्रपतिको कार्यालयले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले रेग्मीलाई राजदूतमा नियुक्त गरेकाे जनाएको छ। 

रेग्मीले असोज १५ गते मुख्यसचिव पदबाट राजीनामा दिएका थिए।  त्यही दिन उनलाई मन्त्रिपरिषद् बैठकले राजदूत सिफारिस गरेको थियो।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.