|

काठमाडौं : नेकपाको प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली बदलाको भावनामा चल्ने मान्छे रहेको बताएका छन्। देशको पछिल्लो परिस्थितिबारे सम्पादकहरुसँग दरबारमार्गस्थित होटल याक एण्ड यतीमा भएकाे छलफलमा उनले यस्तो बताएका हुन्।

उनले ओली अरिङ्गाल र साइबर सेना लगाउने व्यक्ति रहेको पनि बताए।  पार्टी एकतापछि ओली प्रवृत्ति अन्त्य हुन्छ भन्ने लागेको बेला झनै सुरु भएको पनि उनले बताए। ‘केपी ओली र माधव प्रचण्ड उस्तै उस्तै हुन् भन्दा मलाई पोल्छ,’उनले भने,‘समाजमा पनि राम्रो मान्छे पनि हुन्छन्। त्यसको चरित्र हेर्नुपर्छ। समाजमा सबै नेताहरू एउटै ड्याङको मुला भन्ने कुरा चल्छ। यो चल्नु स्वभाविक हो। अहिलेको देखिएको समस्याको विषयमा प्रष्टसँग बाहिर ल्याउन आवश्यक छ, भ्रम भईरहेको छ।’

उनले  आरोप प्रत्यारोपणको बिषयमा आवश्यक अनुसार सच्चिँदै जाने बताए। ‘मलाई कलेजमा पढ्ने ठेट्नो केटो भनेपछि कति पोल्यो तर मैले जवाफ दिएको छैन। तर, त्यसको जवाफ दिदै गर्दा प्रहार भएजस्तो देखियो। सिस्टमको स्थापना गरेर सबैतिर लागू हुन आवश्यक रहेको छ। पार्टी विधि र पद्धतिमा चलाउने पर्छ।’ उनले भने।

उनले ७१ सालमा ओली अध्यक्ष भएपछि ओलीको ओरालो दिन सुरू भएको पनि बताए। उनले भने,‘ओलीले रगत खकार डियनए चेक गरेर मात्रै आफ्नो एसम्यान मात्रै लिन्छन्। पूर्व एमालेमा पनि हामीहरू ओली प्रवृत्तिको विरोधमा उत्रिएका हौँ। पार्टी र सरकारबीचको सम्बन्ध सुधार भएन, हामीले कुनै काममा हस्तक्षेप गरेका छैनौं।’ उनले असंवैधानिक कदम एकजुट हुनुपर्ने पनि बताए।

‘उहाँ एकाधिकारवादी भएपछि समस्या भयो। संसदमा देश डुब्न लाग्यो माझी बचाइदेउ भनेपछि तारो म बनिहाले। सिस्टमलाई व्यवहारिक बनाउन आवश्यक छ। सिस्टम स्थापित गर्नुपर्छ। पार्टीको सबै काम पार्टी कार्यालय हुनुपर्छ। धुम्बराही जान खोज्दा ताला लगाइयो त्यसैले पेरिसडाँडा गयौँ हामी पार्टी कार्यालयको बिषयमा लडाइँ गर्ने पक्षमा छैनौं।’ उनले भने। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.