|

दिल्लीस्थित इजरायली दूतावास नजिकै आइइडी विस्फोट भएको छ। विस्फोट हुँदा केही कारमा क्षति पुगेको छ, तर मानवीय हताहति भएको छैन। 

एपीजे अब्दुल कलाम रोडमा रहेको इजरायली दूतावासनजिक कम क्षमताको आइइडी विस्फोट भएको दिल्ली प्रहरीले जानकारी दिएको छ। विस्फोट भएको स्थानबाट दूतावास १५० मिटर नजिक रहेको छ। 

यो विस्फोट आतंककारी हमला भए/नभएको पत्ता लगाइने दिल्ली प्रहरीका कमिश्नर एस.एन. श्रीवास्तवले बताएका छन्। 

इन्डियन एक्सप्रेसका अनुसार प्रारम्भिक अनुसन्धान गर्दा सो बम डिभाइडरमाथि राखिएको गमलामा जडान गरिएको थियो।

दिल्लीमै विस्फोट भएपछि भारतका सबै विमानस्थल, महत्वपूर्ण प्रतिष्ठान र सरकारी भवनहरूमा सुरक्षा सतर्कता बढाइएको छ।

आफ्नो दूतावासनजिकै विस्फोट भएपछि भारतका लागि इजरायली राजदूत रान माल्काले भनेका छन्, 'यस हमला गर्नुको उद्देश्य पत्ता लगाउन र आक्रमणकारी खोज्न हामी भारतीय अधिकारीहरूसँग मिलेर काम गर्छौं। यो घटना दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको २९ औं वर्षगाँठकै बेला भयो।'

भारतमा बेलाबखत भयानक विस्फोट हुने गरेका छन्। शत्रुतापूर्ण सम्बन्ध रहेका पाकिस्तानी विद्रोही र भारतभित्रै मुसलमानहरूले उग्रवादी संगठनहरूको सहयोगमा हमला र विस्फोट गराउने गरेको इतिहास छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.