सभा समारोह र शक्तिप्रदर्शन नागरिकलाई 'महोत्सव'

|

काठमाडौं : सरकारको सिफारिसमा पुष ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले संसद भंग गरेपछि सत्तारुढ नेकपा २ धारमा विभाजित भयो।

एउटा समूहको नेतृत्वमा प्रधानमन्त्रीसमेत रहेका केपी ओली छन् भने अर्को समूह पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालले हाँकेका छन्। त्यसयता यी दुवै समूहले देशभर शक्ति प्रदर्शनसँगै विरोध तथा आमसभा गरिहेका छन्।

प्रचण्ड–माधव एक समूहले संसद विघटन संविधानमाथि 'कु' भन्दै ओलीको कमदविरुद्ध संघर्ष गरिरहेको छ। ओली समूहले भने सरकारलाई पार्टीभित्रै काम गर्न बाधा गरेको भन्दै संसद विघटन गरी निर्वाचनमा जानु परेको बताउँदै आएको छ।

नेकपाका यी दुवै समूहले पछिल्लो समय आफ्नो शक्ति देखाइरहेका छन्। जहाँ उनीहरूले एक अर्काविरुद्ध खुलरै आलोचना गरिरहेका छन्। साथै पार्टीको आधिकारिता र चुनाव चिह्न सूर्य भएको दाबीसमेत गर्दै आएका छन्। त्यसबाहेक यी दुवै पक्षले अन्य विषयमा खासै चासो दिएका छैनन्। 

नेताहरूले आम नागरिक समस्या, र विकास निर्माण तथा समग्र मुलुकको विषयमा चिन्ता गरेको देखिँदैन। जति पनि आमसभा भए, ती सबै ठाउँमा आफूभित्र भएका कुण्ठा पोख्ने र अर्को पक्षलाई खुइल्याउन मात्रै केन्द्रित रहे। त्यसमध्ये एक–अर्कामाथि गरिएको टिप्पणी गम्भीर, हास्यास्पद तथा आपत्तिजनक छन्।

नेताहरूले कहाँ के भने? संक्षेपमा  

प्रचण्ड माधव समूहका आरोप, टिप्पणी तथा व्यंग्य
ओलीको चरित्र पूर्वराजा ज्ञानेन्द्रको जस्तै।
ओलीले विदेशी शक्तिको मन्त्र सुनेर संसद् विघटन गरे।
ओली प्रतिक्रियावादी एजेन्ट हुन्।
ओली देशलाई घाँडो हुन थाले।
ओली गणतन्त्रको खलनायक।
ओली हिटलर जस्तै तानाशाह।
नेपालको राजनीति बाह्य शक्तिको हातमा पुगिसक्यो।
ओलीका साइबर सेना सक्रिय छन्।
संविधान जारी गर्दा ओली तयार थिएनन्।
ओलीलाई सुदूरपश्चिका जनताले फुच्चे बनाई दिए।
ओलीलाई घुँडा टेकाई छाडछौं।
बाुलपाटार बस्ने २३ वर्षीय ओली केटो सुन । 

प्रधानमन्त्रीका कटाक्ष, आरोप, टिप्पणी तथा व्यंग्य

सांसद् किनबेचको खेल हुन थालेपछि संसद विघटन गरे।
प्रचण्ड–माधवले दक्षिणन्थीसँग मिलेर सरकार बनाउन खोजे।
पिलो निचोर्दैमा शरिरको तौल घट्दैन्।
प्रचण्ड परिवारवादमा लिप्त व्यक्ति, 
छोरिलाई मतपत्र च्यातेरै भए पनि मेयर बनाए।
प्रचण्डले बाकस साँटेर निर्वाचन जिते
केटोलाई भोट मागे जिताए, पुक्क लात्ताले हानेर गयो।
जनआन्दोलन फर्सि जस्तै कुहिएर गयो।
प्रचण्ड माधव समूह सिङ फुक्लिएको तिल्के गोरु।
प्रचण्ड–माधव नेपाल तीन महिनापछि नागरिक अगुवा हुने।
राष्ट्रवादी भएर हिँड्ने तर आफ्नै जिल्लामा भएको राम जन्मभूमिबारे किन केही नबोलेको ?

यी दुवै समूहले आगामी दिनमा पनि सभा तथा कार्यक्रम आयोजना गर्दै जाने बताएका छन्। ती सभामा पनि यी र यस्तै अभिव्यक्ति तथा आरोप–प्रत्यारोपभन्दा अन्यको अपेक्षासमेत नागरिकले गरेका छैनन्। कोरोनापछि विभिन्न ठाँउमा लाग्ने मेला महोत्सव भएका छैनन्। नेकपाकै यस्तै भाषण र शक्ति प्रदर्शनले महोत्वसवको झल्को दिइरहेको छ। 

प्रचण्ड–माधव पक्षको जनसभा काठमाडाैं अब उपत्यकाकेन्द्रित

यो समूहले अहिले देशका विभिन्न सहरमा विरोध सभा गरिरहेको छ। आइतबार पनि काठमाडाैंको माइतीघरमा प्रधानमन्त्रीको कदम असंवैधानिक भन्दै प्रचण्ड–माधव पक्ष धर्नामै बसेको छ। यो समूहले प्रतिनिधिसभा विघटनविरुद्ध माघ १४ बाट माइतीघरमा जारी राखेको धर्ना कार्यक्रम भने आजबाट टुंग्याएको बताएको छ। 

आगामी २८ गते हुने जनप्रदर्शनलगायत कार्यक्रमलाई व्यापक र सशक्त बनाउन भन्दै धर्नाका कार्यक्रम स्थागित गरिएको स्थायी कमिटी सदस्य एवं संर्घष समितिकी सहसंयोजक पम्फा भुसालले जानकारी दिइन्। आजको धर्नामा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको पनि उपस्थिति थियो। यो समूहले यसअघि पुस १० गते पनि ‘हामी यहाँ छौँ’ भन्दै प्रचण्ड र माधवसहितका नेता कार्यकर्ताहरू माइतीघरमा धर्नामा बसेका थिए।

यस्तै बुटवल, विराटनगर र धनगढीमा विरोधसभा गरिसकेको छ। यसअघि दुई चरणका विरोध कार्यक्रम सम्पन्न गरिसकेको प्रचण्ड नेपाल समूहले तेस्रो चरणमा पनि काठमाडौंलगायत देशभर प्रदर्शन तथा विरोधसभाका कार्यक्रम आयोजना गरेको छ। बिशेषगरि यो समूहले उपत्यका केन्द्रित आन्दोलन गर्ने देखिएको छ

ओली समूहले २३ गते नारायणहिटी नजिक जनसभा गर्दै

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केपी ओली समुहले यही माघ २३ गते काठमाडौको नारायणहिटी दरबार सङ्ग्रहालय नजिक जनसभा गर्ने भएको छ। ओली समूहको बागमती प्रदेश कमिटीले गर्न लागेको सभाको आयोजनास्थल नारायणहिटी दरबार सङ्ग्रहालयको दक्षिण ढोकातर्फको सडकलाई चयन गरेको हो।

सभामा काठमाडौँका साथै प्रदेशका १३ वटै जिल्लाका कार्यकर्ता तथा समर्थकलाई सहभागी गराउने समूहले काठमाडौँको ट्राफिक व्यवस्थापनलाई सहज बनाउन त्यस ठाउँ रोजेको आयोजक कमिटीका सचिव खेमप्रसाद लोहनीले जानकारी दिए।

सभालाई प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओलीलगायत शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको उनले बताए। सभा सम्पन्न गर्न नेकपा काठमाडौँ उपत्यका संयोजक कृष्णगोपाल श्रेष्ठका संयोजकत्वमा १ हजार १ सय ११ सदस्यीय जनसभा परिचालन कमिटी गठन गरिएको छ। 

सोमबार प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठक: भावी रणनीति तय गर्ने 

नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठक सोमबार (भोलि) का लागि बोलाइएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि आन्दोलनरत प्रचण्ड–माधवले आन्दोलनका कार्यक्रम बढाउँदै लगेको छ।

जसअनुसार थप सशक्त कदम चाल्ने र विषयमा बैठक बोलाइएको केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले जानकारी दिइन्।  उनका अनुसार बिहान ११ बजे बबरमहलस्थित कार्की ब्वाक्वेटमा बैठक बस्ने छ। बैठकमा संसद् विघटनविरुद्ध पार्टीले गरिरहेको संघर्षका कार्यक्रमको समीक्षासमेत गरिने र उनले बताइन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.