|

काठमाडौं : कोभिडविरुद्धको खोप अभियानअन्तगर्गत आइतबार (पाँचौं दिन) मुलुकभर ७७ जिल्लाका १ सय ८५ खोप केन्द्रबाट २३ हजार ५ सय ८५ जनाले खोप लगाएका छन्। 

आजसम्म कुल ८८ हजार ७ जनाले खोप लगाइसकेका छन्। पहिलो दिन ९ हजार ८४, दोस्रो दिन १९ हजार ६ सय ४८, तेस्रो दिन १७ हजार ४ सय ६५ र चौथो दिन १४ हजार ८ सय ९४ जनाले कोरोनाको खोप लगाएका थिए।

प्रदेश १ मा १२ हजार ७ सय ६३, प्रदेश २ मा ११ हजार ५७,  बागमती प्रदेशमा  २८ हजार ६ सय ८३, गण्डकीमा १२ हजार ३ सय ११,लुम्बिनीमा १० हजार ७ सय ६०, कर्णालीमा ५ हजार ५ सय ५६ र सुदूरपश्चिममा ६ हजार ८ सय ७७ ले खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

भारतको सिरम इन्स्टिच्युटबाट निर्मित 'कोभिसिल्ड' खोप गत १४ गते देखि खोप लगाउन सुरु गरिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.