|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली आज निर्वाचन आयोग जाँदै छन्।

बिहान ११ बजे ओली आयोगको कार्यालय जाने स्थायी कमिटी सदस्य सुवास नेम्बाङले थाहा खबरलाई जानकारी दिए।  उनका अनुसार प्रधानमन्त्री ओलीले आयोग पुगेर निर्वाचन तयारीका बिषयमा कुराकानी गर्नेछन्। यस्तै ओलीले पार्टीको विवादका बिषयमा पनि आयोगसमक्ष कुरा गर्ने बताइएको छ। '११ बजे प्रधानमन्त्री निर्वाचन आयोग जान लाग्नु भएको छ, निर्वाचनका बिषयमा कुराकानी गर्नुहुनेछ।' नेम्बाङले थाहा खबरसँग भने।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले प्रधानमन्त्री ओलीले हिजो साँझ मात्रै आफ" आयोग आउन लागेको जानकारी गराएको  बताए। उनले प्रधानमन्त्रीलाई आयोगले नबोलाएको थाहाखबरलाई जानकारी दिए। 'आयोगले उहाँलाई बोलाएको होईन, हिजो साझँ मात्रै आफू आउने बारे प्रधानमन्त्रीले जानकारी गराउनु भएको थियो।' प्रवक्ता श्रेष्ठले भने।

प्रधानमन्त्री ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गररे आगामी बैसाखमा मध्यावधि निर्वाचनको मिति तय भएपछि नेकपा दुई भागमा विभाजन भएको छ। पार्टी विभाजन पछि दुबै पक्षले आफु नै आधिकारिक भएको दावी गर्दै आएका छन्। पार्टीको विवाद सम्बन्धि दुबै पक्षले आयोगमा निवेदन पनि दिएका थिए। तर ति निवेदन आयोगले खारेज गरिदिएको थियो।

त्यसपछि, आयोगले नेकपाका दुवै शीर्ष नेतालाई छलफलका लागि बोलाएको थियो। तर दुवै पक्षले आफ्ना प्रतिनिधि मात्रै पठाएका थिए । प्रचण्ड माधव समूहले पत्र लेखेर फर्किएको थियो भने ओली पक्षका नेताहरुले छलफल गरेका थिए। त्यसपछि पार्टीको आधिकारिकता दाबी गर्न अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपाललगायतका नेताहरू आयोग पुगेका थिए ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.