|

काठमाडौं : भारतकाे दिल्लीमा २६ जनवरीको ट्रयाक्टर परेडको बेला लाल किल्लामा हिंसा भड्काएको आरोप लगाउँदै पञ्जाबी गायक दीप सिद्धूलाई प्रहरीले गिरफ्तार गरेको छ।

प्रहरीले उनलाई मंगलबार बिहान फञ्जाआआँट पक्राउ गरेको भारतीय संचारमाध्यमले जनाएका छन्। गायक दीप सिद्धूमाथि रातो किल्लामा धार्मिक झण्डा लगाएको र मानिसहरूलाई उक्साएको आरोप रहेको छ। उनलाई पक्राउ गर्नेलाई दिल्ली पुलिसले एक लाख रूपैयाँ बराबरको इनाम राखेको थियो।

दिल्ली पुलिसका अनुसार सिद्धू अमेरिकाको क्यालिफोर्नियामा बस्ने एक अभिनेत्री साथीसँग सम्पर्कमा रहेका थिए।​ सिद्धूले भारतमा भएको हिंसाको भिडियो पठाउने गरेको र ती अभिनेत्रीले सिद्धूको सोशल मिडिया खाताबाट ती भिडियो अपलोड गर्ने गरेको दिल्ली प्रहरीले जनाएको छ।

केही दिन अघिमात्र सिद्धूको एक भिडियो सार्वजनिक भएको थियो, जसमा उनले किसान नेताहरूलाई धम्की दिएका थिए। उनले भनेका थिए, 'किसान नेताहरू आफ्नो मुद्धा स्थापित गर्न होइन, राजनीति गर्न आन्दोलन गरिरहेका छन्।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.