|

काठमाडाैं : नेपाल आयल निगमले खाना पकाउने ग्यास र पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।

आज बसेको निगम सञ्चालक समिति बैठकले भारतबाट बढेर आएको मूल्यअनुसार समायोजनको निर्णय गरेको हो। बढेको मूल्य राति १२ बजेदेखि लागू हुनेछ। 

प्रवक्ता विनितमणि उपाध्यायका अनुसार डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य प्रतिलिटर दुई रुपैयाँले बढेको हो। अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर ११२, डिजेल तथा मट्टितेलको ९५ रूपैयाँ पर्नेछ। ​

त्यस्तै खाना पकाउने एलपी ग्यासको मूल्य पनि प्रतिसिलिण्डर २५ रुपैयाँले बढेको छ। प्रतिसिलिन्डर मूल्य १ हजार ४ सय रुपैयाँ कायम भएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.