|

विराटनगर : गत बिहीबार राति मोरङ कानेपोखी–२ का १७ वर्षीया एक किशोरी बलात्कारको सिकार हुन पुगिन्। उनी बेहोस अवस्थामा भेटिएकी थिइन्। कानेपोखरी २ का २९  वर्षीय प्रेम चौधरीले नशालु पदार्थ सेवन गराई किशोरीमाथि बलात्कार गरेको घटना गत शुक्रबार बाहिरिएको थियो।

अचेत अवस्थामा रहेकी उनको कोशी अस्पतालमा उपचारपछि होस आएको थियो। गत बिहीबार साँझ किशोरीलाई प्रेमले फोनमार्फत बोलाएका थिए।

‘बिहीबार बेलुका मलाई उहाँले फोन गरेर बोलाउनुभयो। चाउचाउ बोकाएर भान्जी हिँडनु भनेर घर लिएर जानुभयो कोशी अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्रमा उपचारको क्रममा भेटिएकी उनले भनिन्, घर पुगेपछि कोठाको ढोका लगाउनुभयो र मलाई जबरजस्ती रक्सी खुवाइदिनुभयो, म बेहोभएँ। त्यसपछि रातभर के भयो मलाई केही थाहा छैन।
मामा भनेर सम्बोधन गर्ने गरेकी थिए, उनी थप्छिन्, त्यति धेरै राम्रो चिनजान थिएन, हामी चिसाङ खोलामा बालुवा चाल्न जाँदा उहाँको छेउमा दोकानमा नास्ता खान जाँदा चिनजान भएको हो।'

प्रेमले पीडित किशोरीको मोबाइल आफैँ खोसेर नम्बर डायल गरेको पीडित किशोरीले थाहा खबरसँग बताएकी छन्। ४ वर्षदेखि काठमाण्डौ बसेर फर्केकी उनी गाउँमा आएको एक महिना मात्रै भएको पीडितकी मौसी (आन्टी) रिना ऋषिदेवले बताइन्। उनको भनाइअनुसार पीडित किशोरीलाई प्रेम चौधरी आफैँले बाटोमा अचेत अवस्थामा भेटेर ल्याएको भन्दै बाइकमा राखेर घरसम्म छोडिदिएका थिए। त्यसपश्चात घटना बाहिरिएको थियो।

प्रहरी स्रोतका अनुसार चौधरीले आफ्नै घरमा बोलाएर रातभर बलात्कार गरेका कारण किशोरीको स्वास्थ्यमा समस्या थियो। पीडकलाई पक्राउ गरी म्याद थप गरेर अनुसन्धान अघि बढाएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए।

घटना २

मोरङको जहदा गाँउपालिका–१ कि १४ वर्षीया बालिकाको सामूहिक बलात्कार भएको छ।  सोमबार राति ९ बजेको समय पिसाब फेर्न भनी घरबाहिर निस्किएकी उनलाई मोटरसाइकलमा आएका दुई युवकले जबरजस्ती उठाएर लगेका थिए।

'म पाँच मिनेट गर्न निस्किएकी थिएँ, २ जना केटा  बाइकमा आए पीडित बालिकाले भनिन्, जबरजस्ती मेरो मुख थुनेर बाइकमा बसाएर लग्यो। म चिच्याउन खोज्दा  मेरो मुख थुनिदियो।'
घरदेखि टाढा मकैबारीमा लगेर जबरजस्ती लुगा खोल्न लगाए उनले थपिन्, यो कुरा कसैलाई भनिस् भने मारिदिन्छु भन्दै धम्की दियो।'
घटनामा प्रयोग भएको को२२प १८१६ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएको मोरङ प्रहरी प्रमुख एसपी  खड्काले जानकारी दिए। घटनामा संलग्न आरोपी फरार छन्, एसपी खड्काले भने, उनीहरूलाई पक्राउ गर्नका निमित्त हामीले प्रहरी परिचालन गरिसकेका छौँ।’

बालिकाको स्वास्थका लागि सेफ हाउसमा राखिएको एसपी खड्काले बताए। माथिका उल्लेखित घटना प्रतिनिधि घटना मात्रै हुन। दैनिक जस्तो बलात्कारका घटनाहरु सार्वजनिक भइरहेका छन्।

महिला हिंसा न्यूनीकरणका विविध कार्यक्रम ल्याए पनि घटना न्यूनीकरण भने हुन सकिरहेको छैन। पछिल्लो समय अधिकांश २० वर्षदेखि मुनि उमेर समूहका बलात्कारको सिकार हुन पुगेका छन्। परिवारले दिने शिक्षा र मान्छेको सोंचमा परिवर्तन हुननसकेर पनि यस्ता जघन्य अपराध बढ्दै गएको एक महिला प्रहरीको बुझाइ छ।
कुनै पनि निकायका महिलाहरुलाई पनि एक्लै खुलेर हिँड्न चुनौतीको विषय नै रहेको उनी बताउँछिन्। केही काम विशेष बाहिर निस्कौँ, हामी नै असुरक्षित हुन्छौँ। सबै पुरुष भन्दिनँ म केही पुरुषले महिलाहरूप्रति राख्ने सोच तल्लोस्तरको नै रहने गर्दछ उनले भनिन्, जबसम्म महिलाले प्रतिकारका लागि आफ्नो लडाइँ आफै लड्दैन तबसम्म हिंसा न्यूनीकरण हुँदैन।

मोरङमा यस्तो छ यौन दुरुपयोगको अवस्था

जिल्ला प्रहरी कार्यालय मोरङको पछिल्लो तीन वर्षको तथ्यांकअनुसार  बाल यौन दुरुपयोगमा १५ वटा मुद्दा दर्ता भएका छन्। भने १५ वटा नै मुद्दा फछर्यौट भएका छन्। त्यस्तै  २३२ वटा जबरजस्ती करणीका मुद्दा दर्ता भएका छन् भने तीमध्ये १५२ वटा मुद्दा फर्स्योट भएका छन्।

जजक उद्योगमा १२८ वटा मुद्दा दर्ता भएका छन तीमध्ये ६ वटा मात्रै मुद्दा फर्स्योट भएका छन्। अधिकांश यौनजन्य हिंसामा ठूलो संख्यामा २० वर्षदेखि मुनिको उमेर समूहको रहेको मोरङ प्रहरी प्रमुख एसपी खड्काले जानकारी दिए।

सामाजिक सञ्जाल, साथीसंगत, शिक्षा साथै गरिबीका कारणले पनि यस्ता घटनाहरू हुने गरेको एसपी खड्काको भनाइ छ। ‘कानुनले १६ वर्ष मुनिका  किशोरी तथा बालबालिकाहरुले सहमतिमा नै शारीरिक सम्बन्ध राखे पनि बलात्कारमा नै गणना हुन्छ एसपी खड्काले भने, 'अन्य उमेर समूहको हक मा कतिपय अवस्थामा केटाकेटी मन पराएर भाग्ने केही समयको अन्तरालमा  परिवारले फेला पारेपछि रेप केसमा जाहेरी  आएका छन्।  जाहेरी आएपछि हामीले सफल अनुसन्धान गरेर अदालतसम्म पुर्‍याएका छौं।'

पछिल्लो समय यो विषय समस्याकै रूपमा आएको पनि उनले बताए।
त्यस्तै
,
महिला तथा
बालबालिकाका
लागि काम गर्दै आइरहेका ओरेक नेपालको तथ्यांअनुसार सन २०२० जनवारीदेखि डिसेम्बरसम्मको तथ्यांकमा बलात्कारको घटना १७ वटा रहेका छन्।

त्यस्तै,  सामूहिक बलात्कार र हाडनाता करणीको घटना ३ वटा रहेका छन्। पछिल्लो समय अधिकांश १० देखि१९ वर्ष उमेर समूहकाहरु यौन हिंसामा पर्ने गरेको ओरक नेपालका जिल्ला परियोजना संयोजक दीपक सेञ्चुरीले जानकारी दिए।

मोरङको रङगेली,सुन्दर हरैचा,केराबारी लगायतका स्थानबाट अधिकांश यस्ता घटनाहरु आउने गरेको सेञ्चुरीको भनाइ छ।

सामाजिक विकृतिको विषय पाठयक्रममा राख्‍न जरुरी

पछिल्लो समय यौनजन्य हिंसा समाजमा विकृतिकोरुपमा फैलिएको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका प्रमुख समाजशास्त्र विभाग डा. चन्द्र उपाध्याय बताउँछन्।

'यौनजन्य हिंसात्मक घटना अचान घटछ जस्तो लाग्दैन समाजमा प्रभाव पार्ने तत्वहरुले प्रभाव पार्दै जाँदा यस्ता खाल्का अपाराधिक मानसिकता झन् बढेका हुन्' डा. उपाध्याायको तर्क छ।

बलात्कार आफैँमा समाजका लागि निकृष्ट काम हो, उनले भने, बलात्कार पछिको  हत्या पाशविक हो। प्रमाण लुकाउने प्रयोजनका लागि आफु बच्नका लागि यस्तो अपराधिक घटना हुन्छ।
गलत सामाजीकिकरण बजार, इन्टरनेट, सञ्‍चारको प्रभावले एउटा उमेर समुहलाई दिनुपर्ने उचित शिक्षा, चेतना दिन सकिएन भने पनि नकारात्मक घटना हुने गरेको उनको भनाइ छ।
'देशको कानुन फितलो भयो र अपराध गर्नेहरूलाई उन्मुक्ति दिएर कानुन सक्रिय भएन भने मान्छेमा नकारात्मक मनोवृत्तितर्फ मनोबल बढ्छ र डर घटछ' उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.