|

डोल्पा : कोरोना महामारीपछि एकाएक भाडा बढेको भन्दै भाडादर घटाउन माग गर्दै डोल्पाली युवा सिंहरबार पुगेका छन्। 

निजी वायुसेवा कम्पनीले नेपालगन्ज–डोल्पाका लागि एकतर्फी रुपमा वृद्धि गरेको हवाई भाडादर समायोजनका लागि उनीहरूले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकाललाई ज्ञापनपत्र बुझाएका छन्। 

डोल्पाका लागि दैनिक उडान भर्ने समिट, तारालगायत निजी विमान कम्पनीले बिनासूचना मनोमानी भाडा बढाएको भन्दै उनीहरूले घटाउन माग गरेका छन्। 

निजी विमान कम्पनीले हालसम्म पनि सोही भाडा उठाइरहेकाले डोल्पाली नागरिक ठूलो मर्कामा परेको ज्ञापनपत्रमा उल्लेख छ। 

डोल्पा भौगोलिक रुपमा विकट र जिल्ला भित्रिने एकमात्र भरपर्दो माध्यम हवाईजहाज नै भएकाले एकै पटक भारी मात्रामा वृद्धि भएको नयाँ भाडाबाट बिरामी, विद्यार्थी थप मर्कामा परेको बताइएको छ। 

यथाशक्य साविककै भाडादर कायम हुनेगरी सरकारको तर्फबाट पहल गरी आवश्यक प्रक्रिया अघि बढाउन सरकारलाई आग्रहसमेत गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.