|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली करिब ११ महिनापछि सिंहदरबार पुगेका छन्। सोमबार सिंहदरबारमा आयोजित प्रेस ब्रिफिङमा प्रधानमन्त्री ओलीले सरकारको तीन वर्षे उपलब्धिको फेहरिस्त सुनाएका छन्। 

प्रधानमन्त्री ओलीले करिब १ वर्षपछि देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा आयोजित कार्यक्रममा भाग लिएका हुन्। सुरुमा ओलीले भूकम्पबाट क्षतिपछि पुनर्निर्माण भएका सिंहदरबारका भवनको उद्घाटन गरे। नेपालमा कोभिड-१९ देखापरेपछि प्रधानमन्त्री ओली सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय नआई सरकारका सम्पूर्ण कामहरू बालुवाटारबाटै गर्दै आएका छन्। 

प्रतिनिधिसभा चुनाव सम्पन्न भएपछि २०७४ साल फागुन ३ गते प्रधानमन्त्री नियुक्त ओलीको कार्यकाल ठीक आजैका दिन तीन वर्ष पुगेको छ।

सरकार पाँच वर्षका लागि गठन भए पनि प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरी आगामी वैशाखमा मध्यावधि निर्वाचन घोषणा गरेका छन्।  

केही तस्वीर झलक :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.