|

कैलाली : बैतडीको दोगडाकेदार गाउँपालिका–७ की भागरथी भट्टको बलात्कारपछि हत्या आरोपमा १७ वर्षीय दिनेश भट्ट पक्राउ परेका छन्।

भागरथीको छिमेकीसमेत रहेका दिनेशलाई घटना भएको १३औँ दिनमा प्रहरीले पक्राउ गरेको हो। प्रहरीले आज दिउँसो २ बजे पत्रकार सम्मेलन गरी दिनेशलाई सार्वजनिक गर्ने जनाएको छ।

दिनेश र भागरथीबीच नाता पर्छ। नातामा उनी भागरथीको भाइ हुन्। उनी भागरथी पढ्ने सनातन धर्म माध्यमिक विद्यालयमा कक्षा ११ का विद्यार्थी हुन्। प्रहरीले विद्यालयबाट उनको उमेर प्रमाणित गर्ने जनाएको छ।

‘उनले आफ्नो उमेर १७ वर्ष बताएका छन्। विद्यालय खुलेपछि हामी उमेर यकिन गर्छौं,’ बैतडीमै रहेका सुदूरपश्चिम प्रहरी प्रमुख डिआइजी उत्तम सुवेदीले भने, ‘पक्राउ परेका किशोर नाबालक भए र उनीमाथि बलात्कारपछि हत्याको आरोप प्रमाणित भए उनलाई सुधार गृहमा पठाइनेछ।’

पोष्टमार्टम रिपोर्टमा भागरथीको बलात्कारपछि हत्या गरिएको उल्लेख गरिएको बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.