|

काठमाडौं :  प्रधानमन्त्री केपी शर्मा ओली अदालतको अवहेलना मुद्दामा  लिखित जवाफ दिन सर्वोच्च अदालत पुगेका छन्। बिहीबार करिब ११ : ५० बजेतिर प्रधानमन्त्री ओली स्वयं सर्वोच्च अदालत पुगेका हुन्।

प्रधानमन्त्री ओलीले माघ नौ गते आफ्ना कार्यकर्ताको भेलामा  वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई बाजे वकिल भनेको तथा बहसलाई तमासा भनेको भन्दै उनीविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको थियो।

गत माघ १५ गते न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले प्रधानमन्त्री र चार पूर्व-प्रधानन्यायधाीशहरू तथा पूर्व-सभामुख दमननाथ ढुंगानालाई आफैं उपस्थित भएर लिखित जवाफ पेश गर्न आदेश दिएको थियो।

चार पूर्व-प्रधानन्यायाधीशले  यसअघि नै अदालत गएर म्याद बुझी लिखित जवाफ पेश गरिसकेका छन्।

सर्वोच्चले पूर्व-प्रधानमन्त्री तथा नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष प्रचण्डलाई पनि अदालतको अवहेलना मुद्दामा आफैं उपस्थित भएर लिखित जवाफ पेश गर्न आदेश दिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.