कोभ्याक्स सुविधा अन्तर्गत पहिलो चरणमा २२ लाख डोज खोप आउदै

|

काठमाडौं : सरकाले भारतबाट किन्न लागेको कोरोना विरुद्धको खोप दुई साता भित्रै आइपुग्ने बताइएको छ। 

सरकारले कोरोना विरुद्ध खोप कोभिशील्ड आयात गर्न सेरम इन्स्टिच्युट अफ इन्डियालाई अग्रिम भुक्तानी दिएको छ। कम्पनीले खोप खरिदको लागि अग्रिम भुक्तानी मागेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवश्कयक रकम समेत  भुक्तानी दिइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

 स्वास्थ्य तथा जनसंख्या मन्त्री ह्यदयश त्रिपाठीका अनुसार खोप खरिदको लागि सम्पुर्ण  तयारी पुरा भइसकेको बताए। 

सरकारले प्रतिडोज ४ डलर रुपैयाँमा २० लाख डोज खोप खरिद गर्न लागेको  समेत उनले बताए। उनले भने '  खोप ल्याउनको लागि आवश्यक तयारी सबै हामीले पुरा गरिसकेका छौँ अब एक दुई हप्तामानै खोप आइपुग्छ।'

कम्पनीले खोप उपलब्ध गराउने, तर त्यसका लागि अग्रिम भुक्तानी गर्नुपर्ने शर्त राखेपछि मन्त्रीपरिषद्को मंगलबार बसेको बैठकले खोप खरिदका लागि अग्रिम भुक्तानी गर्ने निर्णय लिएको थियो।

 सरकारले अक्सफोर्ड  एस्ट्राजेनिका र सेरम इस्न्टिच्यूट अफ इन्डियाले उत्पादन गरेको कोभिशील्ड खोप खरीद गर्न लागेको छ।भारत सरकारले गत ८ माघमा १० लाख डोज अनुदान स्वरूप दिएको थियो । उक्त अनुदानको खोपबाट अहिले नेपालमा खोप अभियान सञ्चालन भइरहेको छ ।

सरकारले उक्त खोप आएपछि दोस्रो चरणको खोप अभियान सञ्चालन गर्नेछ। दोस्रो चरणमा  ज्येष्ठ नागरिक, कडा रोग भएको व्यक्तिहरूलाई खोप लगाउने छ। सरकारले दोस्रो करिब २७ लाख ज्येष्ठ नागरिकलाई खोप लगाउने योजना बनाएको छ।

कोभ्याक्स सुविधा अन्तर्गतको २२ लाख डोज खोप

यस्तै मन्त्री त्रिपाठीका अनुसार कोभ्याक्स सुविधाबाट आउने खोप पहिलो चरणमा २२ लाख ५६ हजार खोप पहिलो चरणमा आएन लागेको समेत बताए। उनले भने ' कोभ्याक्स सुविधाबाट पहिलो चरणमा २२ खोप आउदै छ अरु खोप विस्तारै आउछ।'

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.