संखुवासभा : संखुवासभाको चैनपुर नगरपालिका-७, जिरो पोइन्ट नजिकै रहेको श्रेष्ठ पेट्रोल पम्पमा आगलागी भएको छ।
मंगलबार दिउँसो १२ बजे ट्यांकरबाट पेट्रोल ट्यांकीमा तेल खन्याउने क्रममा आगो लागेको सशस्त्र प्रहरी अरुण गुल्म, चैनपुरका डीएसपी विशाल सिलवालले जानकारी दिए।
पेट्रोल पम्पमा लागेको आगो सशस्त्र प्रहरी, जनपथ प्रहरी र स्थानीयको प्रयासमा नियन्त्रणमा लिइएको छ। आगलागीबाट पम्प नजिकै रहेको पाँचतले घरमा पनि क्षति पुगेको प्रहरीले जानकारी दिएको छ।
आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।