|

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी पुष्पकमल दाहाल (प्रचण्ड)–माधवकुमार नेपाल समूहका नेता तथा पूर्वमन्त्री योगेश भट्टराईले संसद पुनःस्थापनाको फैसला गरेर सर्वोच्च अदालतले स्वतन्त्र न्यायालय र आफ्नो गरिमा उचो राखेको बताएका छन्।

नेता भट्टराईले ट्वीट गर्दै केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको संसद विघटनको निर्णय उल्टाउने सर्वोच्च अदालतको फैसलाले जनता र लोकतन्त्रको जित भएको प्रतिक्रिया दिएका छन्। ट्वीटरमा भट्टराईले लेखेका छन्,‘सर्वोच्च अदालतले स्वतन्त्र न्यायालय र आफ्नो गरिमालाई उचो पारेको छ।

मुलुक, लोकतन्त्र र व्यवस्थाको रक्षा गरेर तीन करोड नेपालीको सम्मान प्राप्त गरेको छ। सम्माननीय प्रधानन्यायाधीश र माननीय न्यायाधीशहरुप्रति हार्दिक धन्यबाद तथा आभार व्यक्त गर्दछु। जनताको जित, लोकतन्त्रको जित।’   

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.