|

काठमाडौं : सहिद स्मारक बी डिभिजन लिग फुटबलमा आज पनि दुई खेल हुँदैछन्। एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा  बाँसबारी क्लब र टुसाल क्लब भिड्दैछन्। यी दुई टीम बिचको खेल दिउँसो सवा १२ बजे सुरु हुनेछ। 

यस्तै एन्फा कम्प्लेक्समा नै दिउँसो साढे ३ बजे हुने दोस्रो खेलमा श्री कुमारी र श्री भगवती क्लबबीच प्रतिस्पर्धा हुदैछ। यसअघि हिजोको खेलमा नयाँ बस्ती र खुमलटार विजयी भएका छन्।

कोरोना भाइरसका कारण गत वर्षबाट स्थगित भएको खेल गत मंगलबारदेखि सुरु भएको हो। लिगमा १२ टिमले प्रतिस्पर्धा गरिरहेका छन्। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.