|

बझाङ : जिल्ला प्रहरी कार्यालय बझाङले सामाजिक संजालमा हुने अपराध तथा साइबर अपराधकाबाट जोगीन मंङ्गलबार विद्यार्थीहरूसँग सचेतनामूलक कार्यक्रम गरेको छ।

साथै जिल्ला प्रहरी कार्यालयबाट दिइने सेवाहरुको बारेमा पनि विद्यार्थीहरूलाई जानकारी गराएको थियो। सदरमुकामनजिकै रहेको सत्यवादी मावि भोपुरका ८,९ र १० कक्षाका विद्यार्थीहरूलाई सामाजिक संजाल तथा साइवर अपराधको बारेमा जानकारी गराएको छ।

अहिले सामाजिक संजालबाट धेरै जसो घटनाहरु घट्ने तथा अपराधहरु हुने गरेकाले त्यसलाइ न्यूनीकरण गर्नाको लागि उक्त सचेतनामूलक कार्यक्रम गरिएको जिल्ला प्रहरी कार्यालय प्रमुख डियसपी रुपक खड्काले बताए।

साथै विद्यार्थीहरूलाई आफ्नो घरमा पनि तथा समाजमा गएर सामाजिक सञ्‍जाल चलाउने व्यक्तिहरूलाई पनि विद्यार्थीहरूले सचेत गराउन सक्ने हुनाले विद्यार्थीहरूसँग उक्त कार्यक्रम गरिएको खड्काले बताएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.