उपचार गर्न भन्दै भारत पुगेका पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराई आज स्वदेश फर्कँदैछन्। उनी आज स्वदेश फर्कंदै छन्। उनी जब-जब भारत जान्छन्, तब नेपालमा उनीमाथि विभिन्न लाञ्छना लाग्ने गर्छ।
यसपटक भारतमा रहँदा डा. भट्टराईले इन्डिया टुडेमा अन्तर्वार्ता दिएका छन्। सो अन्तर्वार्ताको संक्षिप्त अंश :
नेपालमा केपी शर्मा ओली अहिले पनि प्रधानमन्त्री छन्, प्रचण्ड र माधव अहिले पनि पार्टीमा छन्, भविष्य कस्तो देखिनुरहनु भएको छ?
नेपालमा संविधान निर्माण पछाडि कम्युनिष्ट सरकारको दुई तिहाइको सरकार बन्यो। मानिसमा असन्तुष्टि बढिरहेको छ।
उनीहरूको पार्टीभित्र आन्तरिक द्वन्द्व चलिरहेको थियो। त्यही समयमा प्रधानमन्त्री ओलीले संविधानविरुद्ध गई संसद विघटन गरेका थिए। सर्वोच्च अदालतले त्यसलाई पुन:स्थापना गरेको छ।
प्राविधिक रूपमा केही शान्त भएको छ। प्रधानमन्त्रीले नैतिकताको आधारमा राजीनामा गर्नुपर्थ्यो, तर अहिलेसम्म गरेका छैनन्। कसरी राजनीतिक प्रक्रिया अगाडि बढ्छ-त्यो एकदमै अनिश्चित छ। यो संकटको समाधान चाँडै होस् भन्ने चाहन्छु।
प्रधानमन्त्री ओलीले प्रचण्ड र नेपाललाई मलाई हटाउनु भन्ने चुनौती दिएका छन्, त्यहाँ पुरै इगो जस्तो देखिएको छ, होइन र?
केही इगो पनि छ। म आफैँ कम्युनिष्ट पार्टीमा थिएँ, त्यसको दर्शन राम्रोसँग जान्दछु। त्यही दर्शनबाट प्रभावित भएको छु।
कम्युनिष्ट पार्टीको प्रयोग विभिन्न देशमा भएका छन् र नेपालमा पनि भएको छ। नाम कम्युनिष्टको राखेर पनि सबै जनता विरोधी काम भइरहेका छन्। भ्रष्टचार बढिरहेको छ र अन्य पार्टीमा पनि कुनै फरक छैन।
यो घटना कम्युनिष्ट पार्टीको कारणले भएको हो।
नेपालका राजनीतिक दलमा आन्तरिक समस्या हुन थालेपछि बाह्य शक्तिको प्रभाव भन्ने हल्ला हुन्छ। आफ्नो समस्यालाई नदेखी बाह्य समस्यालाई देख्ने गर्छन्। भारतलाई धेरै पटक नराम्रो देखाउने काम गरिएको छ। तर, भारतको राजदूतभन्दा चीनकी राजदूत बढी सक्रिय भएका छिन्, होइन र?
मुख्य कुरा :आन्तरिक समस्या नै प्रधान हो, बाह्य समस्या सहायक हुन्छ। नेपालको समस्या भनेको त्यहीँ भित्रको समस्या हो। सहायक कारक-हामी भारत र चीनको बीचमा छौँ।
ठूला राष्ट्रका बीचमा छौँ। केही न केही तनाव त रहन्छ। तर, मुख्य कुरा आन्तरिक समस्या हो।
प्रतिपक्षप्रति तपाईंको धारणा के छ? कांग्रेस र कम्युनिष्टले केही गर्न नसकेमा अब नयाँ पार्टीले समस्याको समाधान गर्न अगाडि बढ्नुपर्छ वा नयाँ मार्गदर्शन जरुरी छ ?
नेपालमा पक्कै जरुरी छ। दोस्रो विश्वयुद्धपछि थोरै उदार र कम्युनिष्टका सरकार पनि बने। भारत र नेपालमै बने।
हामी देख्न सक्छौँ-२१ औ शताब्दीमा छौं र संसार धेरै बलिएको छ। उत्पादन प्रणाली, प्रविधि र चेतना बदलिएको छ। त्यसैले पुरानो पुँजीवाद र साम्यवादको जुन विचार छ-त्यो भन्दा अगाडि बढी नयाँ विचारको खोजी गरिरहेको छु।
जनता समाजवादी पार्टीको नाममा पार्टी बनेको छ र यो तेस्रो ठूलो पार्टी हो। आगामी दिनमा हामी ठूलो पार्टी बन्नेछौं र देशको लागि विकल्प दिन सकिन्छ।
नेपाल भारत सम्बन्धको कुरा गरौँ, नेपालले नक्सा जारी गर्ने बेलामा भारतसँग वार्ता गर्नुपर्थ्यो वा राष्ट्रवादका लागि झण्डा फैलाउन जरुरी थियो ?
दक्षिण एशियाको धेरै देशमा संकट भइरहेको छ। यस्तो अवस्थामा शासकले राष्ट्रियताको कुरा गरेर जनताको ध्यान तानिरहेका छन्। नेपालमा पनि यस्तै भएको हो।
जुन सीमा समस्याको कुरा छ-त्यो अंग्रेजको समयदेखि भइरहेको थियो। सो समस्या समाधान निम्ति राजनीतिक संयन्त्र बनाइरहेका थियौं। त्यसलाई क्रियाशील बनाइ दुवै तर्फबाट समाधान गर्नुपर्थ्यो।
गल्ती दुवै तर्फको थियो। सानो देश भएकोले नेपाललाई धेरै नोक्सान भएको थियो। किनभने आर्थिक रूपमा भारत ठूलो छिमेकी देश हो। सांस्कृतिक सम्बन्ध पनि छ। त्यसैले पनि वार्ता र संवादबाट समाधान गर्नुपर्छ।
नयाँ दिल्लीमा कसैसँग वार्ता भयो ?
म स्वास्थ्य परीक्षणको लागि आएको थिएँ। पढाइका क्रममा त म यहाँ धेरै वर्षसम्म यहाँ बसेको छु।
मेरा सहपाठी साथीहरू भारतको सरकारमा र बाहिर पनि छन्। उनीहरूसँग अनौपचारिक वार्ता भएको छ। तर कुनै औपचारिक रूपमा भेटवार्ता भएको छैन।
कोभिड नियन्त्रणमा भारत सरकारले खोप दिएर सहयोग गरेको छ, के भन्नुहुन्छ ?
भारत सरकार र भारतीय जनतालाई धन्यवाद दिन चाहन्छु।
जुन खोप प्रदान गरेको छ-त्यसले नेपालमा कोरोना महामारी नियन्त्रण गर्नलाई धेरै सहयोग पुगेको छ। आगामी दिनमा दुवै देश बीचमा सामाजिक र सांस्कृतिक सम्बन्ध बढाउँदै अघि बढोस् भन्ने चाहन्छु।
(इन्डिया टुडेबाट अनुवाद र सम्पादन गरिएको ।)
तपाईंको ईमेल गोप्य राखिनेछ ।