काठमाडौ : गत वर्ष यस बेला नेपालमा कोरोना संक्रमण रफ्तार निकै तीव्र थियो। महामारीबाट बच्न अधिकांश मानिसहरू घरभित्रै थन्किन बाध्य भए।
लकडाउनको समयमा मुख्य पर्यटकीय स्थलहरू सुनसान बन्यो। यल अर्थात पाटन पनि सुनसान बन्यो।
उपत्यकामै सबैभन्दा पहिले बस्ती विकास भएको स्थान मानिने पाटनको दरबार परिसर लामो समय शून्यप्रायः: रह्यो। कोरोना महामारी मत्थर भएसँगै अहिले भने यहाँ मानिसहरूको चहलपहल बढ्न थालेको छ।
पाटन बौद्ध धर्म र संस्कृतिको एक महत्वपूर्ण केन्द्रका रुपमा परिचित छ। मध्यकालदेखि नै पाटनमा बौद्ध धर्म र संस्कृति सम्बन्धित महत्वपूर्ण गतिविधिहरू हुने गरेको छ।
अर्कातर्फ, पाटन कलाका हिसाबले पनि प्रख्यात छ। यहाँ भएका मठ, मन्दिर, पाटी, पौवा, दरबार, विहार इत्यादि निकै सुन्दर छन्। नेवारी संस्कृतिका लागि पनि पाटन महत्वपूर्ण स्थान हो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।