|

विराटनगर : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता योगेश भट्टराईले नेत्रविक्रम चन्द्र विप्लव नेपाल कम्युनिस्ट पार्टीलाई शान्पिूर्ण राजनितिमा ल्याउँदा सरकारले कुनै मापदण्डहरू पालना नगरेको बताएका छन्।

शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरुसगँको भेटमा बोल्दै नेता भट्टराईले यस्तो बताएका हुन्। 'सशस्त्र विद्रोहमा उत्रेका कुनै पनि राजनीति शक्ति शान्तिपूर्ण राजनीति गरेर वैधानिक बाटोमा हिँडछु भन्ने कुरा स्वागतयोग्य छ, नेता भट्टराईले भने, तर एउटा लोकत्रान्त्रिक राज्यव्यवस्थामा के हुन्छ भने यस्ता कामहरु पारदर्शी हुनपर्छ र प्रजातान्त्रिक विधि प्रक्रियालाई अवलम्बन गर्नुपर्छ' उनले भने।

उनले यस्तो महत्वपूर्ण मुद्दामा प्रधानमन्त्रीले, नेपाल सरकारले एकदिन पनि सर्वपक्ष सर्वदलीय बैठक राखेर उक्त विषयमा छलफल नगरेको बताए।

राजनीति दलहरुबाट सहमति गरेर राष्ट्रिय सहमति निर्माण गर्नुपर्थ्यो, उनले भने, यस्ता कामहरू किन हुँदैछ र के उद्देश्यले हुँदैछ भन्ने कुरा आम जनतालाई सार्वजनिक ढंगले जानकारी दिनुपर्थ्यो तर यस्ता केही मापदण्डहरु सरकारले पालना गरेको छैन।

०६२- ०६३ मा तत्कालीन माओवादी शान्ति पक्रियामा आउँदा हतियार, लडाकु के गर्ने भनेर टुङगिए र  सबै शान्ति प्रक्रियामा आबद्ध भएको बताउँदै उनले यो सहमतिमा विप्लव समूहका हतियार के हुन्छन्? विप्लव समूहले बनाएका सेना के हुन्छन्?  यो टुङगो लगाउन जरुरी रहेको उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.