काठमाडौं : पछिल्लो २४ घण्टामा मुलुकभर थप ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै कुल संक्रमितको संख्या दुई लाख ७४ हजार ८ सय १० जना पुगेको छ।
जसमध्ये सक्रिय संक्रमित ८ सय ७२ छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार बितेको २४ घण्टामा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ। नेपालमा हालसम्म कोरोना संक्रमणले तीन हजार ११ जनाको मृत्यु भइसकेको छ।
पछिल्लो पटक ४१ जना संक्रमणमुक्त भएका छन्। हालसम्म २ लाख ७० हजार ९ सय २७ जना संक्रमणमुक्त भएका छन्। हाल क्वारेन्टाइनमा रहनेको संख्या ५५ छ। नेपालमा हालसम्म २१ लाख ९७ हजार दुई सय ३५ जनाको पिसिआर परीक्षण गरिएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।