|

काठमाडौं : पार्टीको नाम नै गुम्ने गरी विभाजन भएको सत्ताधारी समूहका केन्द्रीय सदस्य विष्णु रिजालले अब हुने चुनावमा फेरि वाम गठबन्धन बनाउनुपर्ने धारणा राखेका छन्। 

सामाजिक सञ्‍जाल ट्वीटरमा रिजालले 'वामपन्थी जनमत विभाजित हुन नदिन आगामी निर्वाचनमा वाम गठबन्धन निर्माण गरेर जाने गरी वातावरण निर्माण गर्नुपर्ने' लेखेका हुन्।

​साथै, विगतमा निस्क्रिय रहेका पार्टी संरचनाहरूको पुनर्स्थापना र सञ्चालन एवम् गत निर्वाचनमा एमाले र माओवादीको वाम गठबन्धनलाई प्राप्त जनादेशका आधारमा वाम सरकारको निरन्तरता कायम गर्नेतर्फ अब काम हुनुपर्ने उनले उल्लेख गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.