|

काठमाडौं : शंकर लामिछाने प्रतिष्ठानले प्रसिद्ध निबन्धकार शङ्कर लामिछानेको ९४ औ जन्मोत्सव समारोहमा वरिष्ठ पत्रकार तथा लेखक भैरव रिसाललाई अभिनन्दन गर्ने भएको छ।

वरिष्ठ  साहित्यकार गणेश रसिकलाई निबन्ध पुरस्कार र निबन्धकार प्रतीक ढकाललाई  युवा निबन्ध पुरस्कार प्रदान गर्ने दया फाउन्डेसनले जनाएको छ।

रिसालका साधुलाई सुली (जेल डायरी), लोग्ने स्वास्नी र केही मित्रका चिठी (ईसं २००१) जस्ता कृतिहरू विभिन्न फुटकर रचनाहरू प्रकाशित रहेका छन।

दया फाउन्डेसनले सामाजिक रुपमा शिक्षा, स्वास्थ र संस्कृति लगायतका क्षेत्रमा योगदान गर्दै आएको छ भने शंकर लामिछाने प्रतिष्ठानलाई पनि सहयोग प्रदान गर्ने गरेको छ।

यसैगरी वरिष्ठ साहित्यकार गणेश रसिकलाई नगद रु. पचास हजार राशी सहितको शंकर लामिछाने निबन्ध पुरस्कार प्रदान गर्ने र निबन्धकार प्रतीक ढकाललाई नगद रु. पच्चीस हजार राशिसहित शंकर लामिछाने युवा निबन्ध पुरस्कार प्रदान गर्ने पनि निर्णय गरेको छ।

साहित्यकार रसिकका संस्मरण कृतिहरू "जब सिस्नुहरू टेक्दै हिँडे" (२०५५), "दश गजामा उभिएर" (२०६३) लगायत विभिन्न कृतिहरू प्रकाशित रहेका छन।

यसैगरी नियात्राकार प्रतीक ढकालका वियोन्ड द हिमालयज (२०५९), हिमालपारि पुगेपछि (२०६१), सेती पनि काली पनि (२०६३), सगरमाथाको आधारशिविरबाट (२०६३)लगायत विभिन्न कृतिहरू प्रकाशित रहेका छन्।

शङ्कर लामिछानेको जन्मोत्सव समारोह आगामी २०७७ चैत ५ गते मनाउने भएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.