|

काठमाडौं : प्रहरीले साढे दुई किलो युरेनियमसहित काठमाडौंको बौद्धबाट चार जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी कार्यालय रानीपोखरीको टोलीले बिहीबार एक महिलासहित चार जनालाई पक्राउ गरिएको शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दिइयो।

पक्राउ पर्नेमा रामेछाप लिखु तामाकोशी– ५ घरभई काठमाडौं बस्ने ४० वर्षीय नारायणसिंह तामाङ, सोही ठाउँका ४० वर्षीय जानुका तामाङ, रामेछाप बागजोर–४ का २० वर्षीय प्रकाश चौहान र सिन्धुली सुनकोशी–४ का २० वर्षीय मनोज न्यौपाने छन्। एआईजी हरिबहादुर पालले युरेनियमनको अवैध कारोबार भइरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जानकारी दिए। उनले नेपालमा युरेनियम बरामद भएको यो पहिलो घटना भएको दाबी पनि गरे। 

बरामद भएको वस्तु प्रशोधन नगरिएको युरेनिययम भएको परीक्षणबाट पुष्टि भएको पनि उनले जानकारी दिए। महानगरीय प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक शुशिलसिंह राठौरले अनुसार भारतमा कामगर्ने एकजनाले धेरै वर्ष पहिले उक्त युरेनियम ल्याएर घरमा लुकाई राखेको र पछिल्लो समय राम्रो मुल्य पर्ने थाहापाए पछि बिक्री गर्न खोजिएको बुझिएको बताए।

अमेरिकाको उर्जा मन्त्रालयको वेबसाइट अनुसार १० ग्राम शुद्ध युरेनियम २३५ को मूल्य २० लाख ९ हजार अमेरिकी डलर (करिव १८ करोड रुपैयाँ) पर्छ। यसअनुसार एक किलो यूरेनियमको मुल्य २० करोड ९ लाख अमेरिकी डलर अर्थात १८ अर्ब रुपैयाँ रहेको राठौरले जानकारी दिए। पक्राउ परेकाहरूलाई विस्फोटक पदार्थसम्बन्धी ऐनअनुसार कारबाही हुने प्रहरीले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.