|

सिन्धुली : विपी राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोशी गाउँपालिका–३ मा बस र मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परी मोटरसाइकल चालक काभ्रेको बनेपा नगरपालिका–६ का २० वर्षीय विपन श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो।

धुलिखेलबाट खुर्कोटतर्फ आउँदै गरेको बा ७३ प २५८३ नम्बरको मोटरसाइकल सिन्धुलीबाट काठमाडौं जाँदै गरेको ना ७ ख ८९२ नम्बरको यात्रुबाहक बसमा ठक्कर खाँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा मोटरसाइकलमा सवार धुलिखेलका पवन कोइराला घाइते भएको सिन्धुली प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक मनोज कुमार लामाले जानकारी दिए।

घाइते कोइरालाको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ। मोटरसाइकल तिव्र गतिमा रहेकोले दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ। बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.