|

काठमाडौं : १७ वर्षीया किशोरीलाई विवाह गर्ने प्रलोभन देखाएर गर्भ बोकाएको अभियोगमा बारा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। जितपुर सिमरा उप-महानगरपालिका-१० बेहरा टोलका ३० वर्षीय रमेश हजरा पासवानलाई प्रहरीले पक्राउ गरेको हो।

पासवानले १७ वर्षीया बालिकालाई विवाह गर्छु भनी विश्वास दिलाई वीरगंजस्थित एक लजमा लगेर पटक–पटक करणी गरी गर्भ बोकाएको भन्दै बालिकाको आमाले जाहेरी दिएको प्रहरीले जनाएको छ। पासवानलाई पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान कार्य अगाडि बढाइएको प्रहरीले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.