|

बर्दिया : बर्दियामा बाघले बेपत्ता पारेकी महिलाको शव भेटिएको छ। मंगलबार दिउसो निउरो टिप्न बर्दिया राष्ट्रिय निकुञ्ज भित्र गएकी ठाकुरबाबा नगरपालिका–७ मोहनपुरकी ५५ वर्षीया डल्ली रावतको भर्खरै शव भेटिएको प्रहरीले जनाएको छ।

गा​उँका अन्य महिलासँगै निकुञ्ज गएकी रावतलाई बगौरा भन्ने ठाउँमा बाघले आक्रमण गरेको थियो। बाघले आक्रमण गरेको खबर पाए पछि निकुञ्जको सुरक्षा पोष्टबाट खोजतलासमा गएको सुरक्षाकर्मीहरूको टोलीले रावतको शव फेला पारेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।

बर्दिया राष्ट्रिय निकुञ्ज र आसपास क्षेत्रमा बाघको आक्रमणबाट यो वर्ष मात्रै ९ जनाको ज्यान गइसकेको छ। पछिल्लो समय बर्दियामा बाघ आक्रमणका घटना बढ्न थालेपछि स्थानीयबासी त्रसित बनेका छन्।

बाघ आक्रमणका घट्ना बढ्दैगएपछि निकुञ्ज तथा डिभिजन वन कार्यालयले सूचना जारी गर्दै निकुञ्ज तथा डिभिजन वन र सामुदायिक वनमा गाइभैँसी चराउन तथा घाँस दाउरा लिन नजान पटकपटक आग्रह गरेपनि स्थानीयले अटेर गरेपछि बाघको आक्रमणबाट ज्यान गुमाउनेको संख्या बढिरहेको छ।

 

 


 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.