|

काठमाडाैं : भोलि (शनिबार) हुने नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने माधव नेपाल समूहले निर्णय गरेको छ। अध्यक्ष केपी शर्मा ओलीले चैत ७ गते केन्द्रीय समिति बैठक बोलाएका थिए। 

आज बानेश्वरमा बसेको माधव पक्षीय स्थायी समिति बैठकले यस्तो निर्णय गरेको हो। प्राप्त जानकारी अनुसार आज  बानेश्वरमा बसेको बैठकले विगतमा संसदीय दलको बैठक दलको कार्यालय, सिंहदरबार वा संसद् भवन, बानेश्वरमा बस्दै आएकोमा यस पटक प्रधानमन्त्रीको निवासमा राखेर दललाई निजीकरण गर्न खोजिएको ठहर गर्दै त्यसमा सहभागी नहुने निर्णय गरेको हो ।

यद्यपि बैठक दलको कार्यालय वा संसद् भवनमा आयोजना गरी उपयुक्त एजेण्डा र प्रक्रिया अवलम्बन गरिएमा विचार गर्ने पनि जनाइएको छ ।

यसैगरी केन्द्रीय कमिटी बैठकका नाममा आफ्ना गुटका मानिसलाई मात्र खबर गरी फागुन २८ गते अवैध ढंगले भेला गरी विधान उल्लंघन गरिएको बताउदै  उक्त कथित बैठक खारेज नभएसम्म केन्द्रीय कमिटीको बैठक बस्न नसक्ने भएकाले भोलि शनिबारका लागि प्रचारित बैठकमा सहभागी नहुने माधव पक्षको स्थायी कमिटीले निर्णय गरेको छ ।

आजै राष्ट्रिय एकता अभियान चलाउँदै आएका नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष वामदेव गौतमले सबै एमाले नेताहरुलाई एकजुट हुन आग्रह गर्दै केन्द्रीय कमिटीको बैठकमा सहभागी हुन सबैलाई फरक मत राख्न नेताहरूलाई आग्रह गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.