|

काठमाडौं : दुर्लभ वन्यजन्तु एकसिंगे गैंडाको गणना आजदेखि सुरु गरिँदैछ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको नेतृत्वमा गैंडा गणना गर्न लागिएको हो।

चितवन र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटै ब्लक बनाएर गैंडा गणना थालिनेछ। गणनामा प्रयोग गर्न ४० वटा हात्ती तयारी अवस्थामा राखिएको छ। गणनाका लागि चाहिने गणक, हात्ती र प्राविधिकसहित बन्दोबस्तीको सामग्री तायरी अवस्था रहेको चितवन राष्ट्रिय निकुञ्ज प्रमुख अणनाथ बरालले जानकारी दिए।

राष्ट्रिय निकुञ्जमा पर्ने प्रतापपुरबाट गणना सुरु गरिँदैछ। गणनामा ४० जना मुख्य गणक र बैकल्पिक २० जना सहभागी हुनेछन्। चैत १७ देखि बर्दिया राष्ट्रिय निकुञ्ज र चैत १९ देखि शुक्लाफाँटामा गणना गरिने छ। अघिल्लो गणनाको ६ वर्षपछि गैंडा गणना गर्न लागिएको हो।

विगतमा हरेक चारदेखि पाँच वर्षको अन्तरमा गैंडा गणना गरिएको थियो। कोरोना संक्रमणका कारण गत वर्ष गणना हुन सकेको थिएन। नेपालमा चोरी शिकारका घटनामा कमी आए पनि पछिल्लो समय गैंडा मर्ने क्रम बढेको छ। सन् २०१५ को गणनामा नेपालमा ६४५ वटा गैंडा थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.