|

पाकिस्तानको गणतन्त्र दिवसका अवसरमा प्रधानमन्त्री इमरान खानलाई बधाई दिँदै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पत्र लेखेका छन्। प्रधानमन्त्री मोदीले खानलाई सम्बोधन गर्दै छिमेकी देशको रूपमा भारत पाकिस्तानका जनताको खुसी भएको हेर्न चाहने बताएका हुन्।

प्रधानमन्त्री मोदीले लेखेका छन्, 'दुवै देशका जनतालाई खुसी बनाउन आतंकवाद र दुश्मनीमुक्त वातावरण र विश्वासले पूर्ण हुनु आवश्यक छ।' केही दिनअघि प्रधानमन्त्री खान कोरोना भाइरसबाट संक्रमित भएपछि प्रधानमन्त्री मोदीले उनलाई स्वास्थ्यलाभ कामना गरेका थिए।

यही समयमा भारतका राष्ट्रपति रामनाथ कोविदले पनि पाकिस्तानका राष्ट्रपति आरिफ अल्वीलाई शुभकामना पत्र लेखेका छन्।

मोदीले इमरान खानलाई यो पत्र यस्तो समयमा लेखेका छन् कि दुई देशबीच लाइन अफ कन्ट्रोल (नियन्त्रण रेखा) मा नयाँ युद्धविराम लागू भएको छ। गत महिना दुई देशका सैन्य अपरेशन महानिर्देशक एक संयुक्त बयान जारी गरेको थियो। र अचानक नियन्त्रण रेखामा युद्धविराम घोषणा गरेको थियो।

त्यसबेलादेखि सीमामा शान्त छ। दुवै देशले युद्धविराम पूर्ण रूपमा अनुसरण गरिरहेका छन्। यसैबीच, पाकिस्तानका सिन्धु जल आयुक्त सय्यद मेहर-ए-आलमको नेतृत्वमा सिन्धु नदी जल वार्ताका लागि पाकिस्तानको आठ सदस्यीय टोलीले भारतका समकक्षीसँग नयाँ दिल्लीमा वार्ता गरिरहेको छ।

यो वार्ता दुई वर्षपछि हुन गइरहेको हो। हालसालै पाकिस्तानका सेना प्रमुख जनरल कमर जावेद बाजवाले पनि एक विज्ञप्तिमा भनेका थिए कि दुवै देशको पुरानो चीज बिर्सनु आवश्यक छ।

पछिल्ला महिना भारत र पाकिस्तानबीचको सम्बन्धमा देखिएको मित्रवत् व्यवहारमा तेस्रो देशले मध्यस्थता गरिरहेको अनुमान गरिएको छ।

साउदी अरेबियाका उपविदेश मन्त्री आदिल अल जुबैरले केही दिन साउदी अरेबियाले भारत र पाकिस्तानबीच तनाव कम गर्न प्रयास गरिरहेको बताएका थिए। अरब न्युजलाई दिएको अन्तर्वार्तामा आदिल अल जुबैरले भनेका थिए, 'साउदी अरेबिया सम्पूर्ण क्षेत्रमा शान्ति चाहन्छ र यसको लागि प्रयास गरिरहेको छ।'

यसैबीच, समाचार संस्थाहरुले भारत र पाकिस्तानबीच वार्तामा संयुक्त अरब इमिरेट्सले मध्यस्थता गर्ने दाबी पनि गरिरहेको छ।

द हिन्दुको एक रिपोर्टले युएईको मध्यस्थतामा पर्दा पछाडि भारत र पाकिस्तानबीच वार्ता भएको थियो। यद्यपि भारत वा पाकिस्तानले यो पुष्टि गरेका छैनन्।विश्लेषकहरूले हालका घटना पर्दा पछाडि भइरहेको गतिविधिहरूको परिणाम रहेको दाबी गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.