चाँडै इ-पासपोर्ट जारी गरिने

|

काठमाडौं : राहदानी विभागले घरमै राख्न मात्रै राहदानी (पासपोर्ट) नबनाउन सेवाग्राहीसँग आग्रह गरेको छ। विदेश नै नगएका धेरैको पासपोर्ट नवीकरण गर्नुपरेको विभागले जनाएको छ।

विज्ञप्तिमा लेखिएको छ, 'चालक अनुमति पत्र जस्तै समय अवधि हुँदै राहदानी नवीकरण गर्नु नपर्ने, राहदानी नवीकरण नभइ नयाँ बनाउनुपर्ने भएको र म्याद सकिएको कारण कुनै थप दस्तुर नलाग्ने र आवश्यक परेको बेला जुनसुकै समय बनाउन सकिन्छ।'

विभागले निकट भविष्यमा इ-पासपोर्ट जारी गर्ने भएको बताएको छ। भरपर्दो र सुरक्षित पासपोर्ट हुने पनि बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.