|

सैनिक 'कू' विरूद्ध चलिरहेको प्रदर्शन दमन क्रममा म्यानमारको सेनाले २० भन्दा धेरै बालबालिकाको हत्या गरेको छ।

सेनाले प्रदर्शनकारीहरूमाथि घरभित्रै पसेर क्रूरता प्रदर्शन गरेको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन्।

मान्डले शहरमा सेनाले ७ वर्षीय बालकलाई बुबाको काखबाट थुतेर हत्या गरेका छन्। जारी प्रदर्शनमा सेनाको गोली लागेर ज्यान गुमाएका खिन मायो चित सबैभन्दा कम उमेरका बालक हुन्।

मृतककी छिमेकी सुमायाले प्रदर्शनकारीहरूको खोजी गरिरहेको सेना र केही पुलिसहरू खिनको घर आएको बताइन्। उनले भनिन्, 'उनीहरूले घरको ढोका ढक्ढक्याए, खिनकी दिदीले ढोका खोलिन्, उनीहरू घरभित्र पसे।'

सेनाले घरको तलासी लिएको घरमा को छ भनेर सोधेको र खिनको दिदीले 'कोही छैन' भनेर जवाफ दिँदा प्रहरीले उनलाई कुटेको ती प्रत्यक्षदर्शीले बताएकी छिन्।

दिदीलाई प्रहरीले कुटेको देखेर डराएका खिन बुबाको काखमा लुट्पुटिएका थिए। एकजना प्रहरीले खिनका बुबालाई गोली हानेको थियो। बुबालाई हानेको गोली बालकलाई लाग्यो र उनको मृत्यु भयो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.