|

दैलेख : चार सन्तानसहित फागुन २३ गते कर्णाली नदीमा हेलिएकी दैलेखको आठबीस नगरपालिका–३ निमाएलकी ३५ वर्षीया सुकी वडुवाल घटनामा प्रहरीले आत्महत्या दुरुत्साहनमा अनुसन्धान थालेको छ।

सुकीका श्रीमान मानसिंह बडुवालले आत्महत्या दुरुत्साहन गरेको भन्दै प्रहरीले अनुसन्धान थालेको हो। चैत ४ गते मानसिंह बडुवालका विरुद्ध सुकीका भाइ बजिर बहादुर थापाले ज्यान सम्बन्धी कसुर (आत्महत्या दुरुत्साहन) मा जाहेरी दिएकाथिए।

जाहेरी पछि मानसिंहलाई चैत ६ गते पक्राउ गरी प्रहरीले अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक इन्द्रजीत सुनारले जानकारी दिए। फागुन २३ गते तीन छोरी, एक छोरा र सुकीसहित पाँच जनाले कर्णाली नदीमा हाम फालेका थिए।

कर्णालीमा हेलिएका मध्ये सुकीका दुई छोरीको शव कर्णाली नदीको किनारामा डोरीले हात बाँधिएको अवस्थामा फागुन २४ गते फेला परेको थियो।

सुकी र छोरा ललितको शव फागुन २५ गते कर्णाली नदीमा फेला परेको थियो। वेपत्ता भएकी कान्छी छोरी पाँच वर्षीया रजनीको शव चैत ३ गते (मंगलबार) दिउँसो अछामको तुर्माखाँद गाउँपालिका–३ कर्णाली नदीको किनारा भेटिएको थियो। 


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.