|
फाइल फोटो

भारत सरकारले ल्याएको तीनवटा कृषि कानुनको विरोधमा किसानले प्रदर्शन थालेको चार महिना पूरा भएको छ। यस अवसरमा किसान संगठनले आज १२ घण्टा भारत बन्दको आह्वान गरेका छन्।

पञ्जाबका करिब ४० किसान संगठन र अन्य राज्यका थुप्रै किसान संगठन आवद्ध रहेको संयुक्त किसान मोर्चाले बिहान ६ देखि साँझ ६ बजेसम्म भारत बन्दको आह्वान गरेको हो। भारतीय मजदुर संगठन सिटुका अनुसार १० वटा केन्द्रीय ट्रेड युनियनले भारत बन्दको समर्थन गरेका छन्।

गत वर्ष नोभेम्बर २६ मा दिल्लीको छिमेकी राज्यबाट आएका किसानले दिल्लीको सीमा क्षेत्रमा केन्द्र सरकारले ल्याएका कृषि कानुनको विरोध सुरु गरेका थिए। कानुन खारेज गर्न माग गर्दै किसानहरु चार महिनादेखि दिल्लीमा धर्ना बसेका छन्। तर‚ सरकार भने माग पूरा गर्नुको साटो आन्दोलनलाई बद्नाम गर्न लागेको संयुक्त किसान मोर्चाका दर्शन पाल सिंह बताउँछन्।

सर्वसाधारणलाई दुःख दिनका लागि नभई सरकारलाई दबाब दिन बन्द आह्वान गरिएको भन्दै सहयोग गर्न सबैलाई किसानहरुले अपिल पनि गरेको बिबिसी हिन्दीले जनाएको छ। बन्दका बेला एम्बुलेन्स र अत्यावश्यक सेवा प्रवाहमा कुनै अवरोध नगरिने बताइएको छ। अल इण्डिया किसान सभाका नेता कृष्णप्रसादले ११२ दिनदेखि चलिरहेको किसान आन्दोलन आफैंमा महत्वपूर्ण उपलब्धि भएको भन्दै आगामी दिनमा आन्दोलन थप सशक्त रुपमा अघि बढ्ने बताए।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.