|

कञ्चनपुर : चितवनको भरतपुरमा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि कञ्चनपुर कारागारका कैदीबन्दीले आर्थिक सहयोग गरेका छन्।

सिदा खर्च वाफत पाइने रकम जम्मा गरी कैदी बन्दीले ११ हजार पाँच सय रुपैयाँ रङगशाला निर्माणका लागि धुर्मुस सुन्तली फाउण्डेशनका संचालक सीताराम कट्टेल (धुर्मुस) लगायतको टोलीलाई हस्तान्त्रण गरेका हुन्।

यस्तै झलारी बजारका व्यवसायी, संघ संस्था, स्थानीयबासी र सहकारी संस्थाले पनि फाउन्डेसनलाई सहयोग रकम हस्तान्तरण गरेका छन्।  शुक्लाफाँटा नगरपालिका–१० झलारी बजारका स्थानीयले एक लाख पाँच हजार पाँच सय रुपैयाँ सहयोग गरेका छन्। सहयोग रकम बुझ्दै सीतारामले झलारीबासीलाई धन्यबाद दिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.