|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ। जारी संसद् अधिवेशनको विषयमा प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच भेटवार्ता भएको हो। 

आइतबार प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच भेटवार्ता भएको प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन्। 

ओली र सापकोटाबीच सम्बन्ध खटपट भइरहेको छ। ओलीले सार्वजनिक कार्यक्रममै सभामुखप्रति माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको इसारामा चलेको आरोप लगाउँदै आएका छन्। 

सभामुखले प्रधानमन्त्री ओलीलाई गतसाता राष्ट्रपति बंगलादेश भ्रमणको बिदाई कार्यक्रममा सहभागी हुन समयमा मागेको बताएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.