|

काठमाडौं : सांसद रेशम चौधरी प्रकरणमा सरकारले वार्ता टोली गठन गरेको छ। थरूहट आन्दोलनकारीसँग वार्ता गर्न गृहमन्त्री रामबहादुर थापा बादलको संयोजकत्वमा वार्ता टोली गठन गरेको सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिए। 

वार्ता टोलीमा गृहमन्त्री बादलसहित प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा.राजन भट्टराई र नेकपा एमालेको केन्द्रीय सदस्य भगवती चौधरी छन्। 

सरकार र जनता समाजवादी पार्टी (जसपा) बीच रेशम चौधरी रिहा, संविधान संशोधन, थरूहट र मद्येश आन्दोलनविरुद्ध लगाएको मुद्दा फिर्ताको विषयमा छलफल चलिरहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.