|

धनगढी : धनगढीमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाइएको छ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) माधव नेपाल समूहका भ्रातृ संगठन युवा संघ नेपालले प्रधानमन्त्री ओलीको पुत्ला जलाएका हो। 

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अवैधानिक तरिकाले माधव नेपाल र भीम रावललाई कारबाही गरेको विरोधमा युवा संघका नेता तथा कार्यकर्ताले पुत्ला दहन गरेको हुन्।

केपी शर्मा ओलीले अवैधानिक तरिकाले नेता नेपाल र रावलमाथि कारबाही गरेको विरोधमा पुत्ला जलाइको युवा संघ नेपालका सुदूरपश्चिम अध्यक्ष बाबुराजा श्रेष्ठले बताए।  श्रेष्ठले भने, ‘यसमा युवासंघ सुदूरपश्चिम प्रदेशको घोर आपत्ति छ।’ 

पुत्ला दहनपछि युवा संघका नेताहरुले 'केपी शर्मा ओली मुर्दावाद', 'भीम रावल जिन्दावाद' नारासमेत लगाएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.