|

इलाम : वाकओभर पाउँदै नेपाली खेलाडी सम्मिलित मासा युनाइटेड पाकिस्तानमा जारी नेसनल वुमन्स फुटबल च्याम्पियनसिपको सेमिफाइनल प्रवेश गरेको छ।

आज (मंगलाबार) का लागि भनिएको क्वाटरफाइनल खेलमा प्रतिद्वन्द्वी दिया क्लबले नखेलेपछि मासाले सेमिफाइनलमा स्थान बनाएको हो। समूह बीमा रहेको मासा ३ जित र १ बराबरीका साथ १० अंक बटुल्दै समूहको शीर्ष स्थानमा रहँदै क्वाटरफाइनल प्रवेश गरेको थियो।

समान खेलबाट गोल अन्तरको आधार कराँची युनाइटेड उपविजेता बनेको थियो। मासा र कराँचीले समूह चरणमा २–२ गोलको बराबरी खेलेका थिए। समूह डी मा रहेको दिया ३ खेलमा जित निकाल्दै उपविजेताको रुपमा क्वाटरफाइनल प्रवेश गर्दै मासालाई प्रतिद्वन्द्वीको रुपमा पाएको थियो।

बिहीबार हुने सेमिफाइनलमा मासाले हाइल्यान्डर्स एफसीको सामना गर्ने भएको छ। आज नै भएको क्वाटरफाइनलको अर्को खेलमा हाइल्यान्डर्सले हाजारा गल्स एकाडेमीलाई हराएको थियो। आज नै सम्पन्न क्वाटरफाइनलका अन्य खेलमा कराँची युनाइटेडले आर्मी टिमलाई ४–३ ले हरायो।

वाप्डाले जाफालाई पराजित गर्दै सेमिफाइनल पुगेको पाकिस्तानबाट सरु लिम्बुले जानकारी दिइन्। आन्तरिक विवादका कारण शनिबारबाट स्थागित नेसनल वमेन्स फुटबल च्याम्पियनसिपको ४ वटै क्वाटरफाइनल खेल आज सम्पन्न भएको हो।

बिहीबार दुवै सेमिफाइनलका खेलहरु हुनेछन्। अर्को सेमीफाइनलमा वाप्डा र कराँची युनाइटेड प्रतिस्पर्धा गर्दैछन्। फाइनल खेल शनिबार हुनेछ।  पाकिस्तान फुटबलको संघको आन्तरिक विवाद यथावत रहेपनि नर्मलाइजेसन समितिले च्याम्पियनसिपलाई भने निरन्तरता दिएको छ।

च्याम्पियनसिपलाई फिफाले मान्यता दिने सम्भावना भने कम छ। २०१८/१९ मा पनि यस्तै विवाद हुँदा फिफाले त्यसबेला आएको समितिले आयोजना गरेको लिग च्याम्पियनसिपलाई मान्यता दिएको थिएन।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.