|

काठमाडौं : महोत्तरीको भंगहा नगरपालिका–८ स्थित धर्मपुर टोलबाट बेपत्ता भएका पाँच बालिकासहित सात जनाको भारतबाट उद्दार गरेर नेपाल ल्याइएको छ। उनीहरुलाई गएराति पौने ११ बजे नेपाल ल्याइएको हो।

नेपाल प्रहरी र शसस्त्र प्रहरी समेतको समन्वयमा भारतबाट उनीहरुलाई सकुशल उद्धार गरि ल्याइएको हो। भंगहा नगरपालिकाका मेयर संजिव साह र ओरेक नेपाल कि लिला दियाली समेतको उपस्थितिमा नेपाल प्रहरी र शसस्त्र प्रहरी नाकामा उद्धार टोली र बालिकाहरूलाई लिन पुगेका थिए।  

उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ। उनीहरुसँग आज सोधपुछ गरेर परिवारको जिम्मा लगाइने महोत्तरी प्रहरीले जनाएको छ।  उनीहरु गत मंगलबार घाँस काट्न जाँदा बेपत्ता भएका थिए।

बेपत्ता भएर भारतमा भेटिएकामा १८ वर्षीया अस्मिता पासवान, नगिना पासवान, १५ वर्षीया रिया पासवान, अर्चना पासवान, १३ वर्षीया ज्योति पासवान, १० वर्षीया रञ्जना पासवान र सीमा पासवान  रहेका छन्। एउटै टोलका उनीहरु घाँस काट्न गएर साँझ अबेरसम्म घरमा नआएपछि खोजतलास सुरु भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.