|

काठमाडौं : नेकपा माओवादी केन्द्रले कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)लाई एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार राख्ने कि अविश्वासको प्रस्ताव गर्ने? भनेर प्रश्न गरेको छ। 

माओवादीको अनौपचारिक स्थायी कमिटीको बैठकपछि नेता नारायणकाजी श्रेष्ठले भने, ‘हामीले औपचारिक रुपमा हाम्रो पार्टीको यो सरकार समर्थन छैन भनेर लेखेर दिने प्राविधिक कुराका कारणले नेपाली कांग्रेस र जसपाले निर्णय नगरेको भन्ने कुरा सत्य होइन। नेपाली कांग्रेस र जसपाले आफ्नै दृष्टिकोणका आधारमा निर्णय गर्नुपर्‍यो सरकारलाई राख्ने कि अविश्वासको प्रस्ताव पेश गर्ने? त्यसको निम्ति हामी गम्भीर अपिल गर्दछौँ।’

प्राविधिक रूपमा पत्र लेखेर समर्थन फिर्ता गर्न बाँकी रहे पनि वर्तमान सरकारलाई आफ्नो पार्टीको समर्थन नरहेको बताए। आफूहरूले समर्थन फिर्ता नलिएका कारण नेपाली कांग्रेस र जसपाले सरकारबारे निर्णय गर्न नसकेको कुरा सत्य नभएको उनले दाबी गरे। 

वर्तमान संसदलाई पूरा अवधि क्रियाशील गराउन चाहेका कारण सरकारलाई औपचारिक रूपमा समर्थन फिर्ता गर्नु अगाडि पार्टीले सम्पूर्ण राजनीतिक पार्टीहरूसँग छलफल गरेर राजनीतिक परिस्थितिको ठिक आँकलन गर्ने काम गरिरहेको समेत उनले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.