|

संखुवासभा : धर्मदेवी नगरपालिकामा बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन्। मादी नगरपालिकाबाट धरानतर्फ जाँदै गरेको को १ ख २८२४ नम्बरको शुभम डिलक्स गाडी धर्मदेवी-४ को दोभान रिसोर्ट नजिक आज बिहान दुर्घटना भएको हो।

घटनास्थलमा गुल्म नम्बर ४ सशस्त्र प्रहरी बल चैनपुर र इलाका प्रहरी कार्यालय चैनपुरसहितको सुरक्षाकर्मीको सहयोगमा घाइतेलाई उपचारका लागि धरानस्थित बीपी मेमोरियल अस्पताल लैजाने तयारी भइरहेको सशस्त्र प्रहरी बल संखुवासभाका प्रहरी नायब उपरीक्षक विशाल सिलवालले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.