|

काठमाडौं :  विश्व स्वास्थ्य संगठनले कोरोनाविरुद्ध पहिलो डोज खोप लगाएको १२ हप्ताभित्र दोस्रो डोज खोप लगाउनुपर्ने बताएको छ।

हाल विश्वका केही देशमा कोरोना संक्रमण पुनः बढ्दै गएको र खोपको सहज उपलब्धता नहुँदा पहिलो डोजलाई नै प्राथामिकता दिन विश्व स्वास्थ्य संगठनले आग्रह गरिसकेको छ।

नेपालमा पहिलो चरणमा खोप लगाएका करिब ४ लाखलाई दोस्रो पटकको डोज वैशाख ७ देखि १४ गतेसम्म लगाउने घोषणा गरिएको छ। तर दोस्रो चरणमा खोप लगाएकाले पाउने दोस्रो डोजको मात्रा कहिले पाउँछन् निश्चित छैन। 

हाल नेपालमा अक्फोर्ड–एस्ट्राजेनेकाद्वारा विकसित र भारतको सिरम कम्पनीले उत्पादन गरिरहेको कोभिसिल्ड खोप लगाइएको छ। पहिलो र दोस्रो चरणमा नेपालमा १६ लाख भन्दा बढीले खोप लगाएका छन्। 

खोप उपलब्धताका कारण दोस्रो चरणमा खोप लगाएकाले लगाउनुपर्ने दोस्रो डोजको मात्रा ढिलो हुँदा उनीहरू स्वास्थ्यमा नकारात्मक प्रभाव पर्ने हो कि भनी डराएको अवस्था छ।

दोस्रो डोज खोप लगाउन ढिलो भए के हुन्छ?

दोस्रो डोज  लगाउनुपर्ने खोप ढिलो भए के हुन्छ भन्ने विषयमा हालसम्म विस्तृत रुपमा अनुसन्धान नभएको चिकित्सकहरू बताउँछन्।

पहिलो डोज खोप लगाएपछि १२ हप्तासम्म दोस्रो डोज लगाउनु भनेको लगाइएको खोपको प्रभावकारिता बलियो बनाउनु रहेको बताउँछन् शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा सरुवा रोग विशेषज्ञ डा अनुप बास्तोला।

बास्तोलाले भने, ‘सकेसम्म पहिलो डोज लगाएको १२ हप्तासम्म दोस्रो डोज खोप लगाउन सकियो भने खोप प्रभावकारिता धेरै हुन्छ, दोस्रो डोज भने बुस्टिङ खोप हो, यसले खोपको प्रभावकारिता बलियो बनाउन सहयोग गर्छ।‘  

यता टेकु अस्पतालकै अर्का चिकित्सक डा शेरबहादुर पुनका अनुसार हालसम्म पहिलो डोज लगाइएको खोपले ३ महिनासम्म काम गर्छ। र १२ हप्तासम्म दोस्रो डोज लगाउँदा शरीरमा एन्टिबडी झनै बलियो हुने उनले तर्क गरे। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.