|

इन्डोनेसिया र पूर्वी टिमोरमा बाढीपहिरो चल्दा ज्यान गुमाउनेको संख्या ५० नाघेको छ। 

लगातार पानी परिरहेका कारण बाढी बाँधभन्दा पनि माथि आइपुगेको र कयौं द्वीपमा हजारौं घर तथा संरचनाहरू नष्ट भएको खबर छ। 

बाढी र पहिरो इन्डोनेशियाको फ्लोर्स द्वीपदेखि छिमेकी मुलुक टिमोरसम्म फैलिएको छ। इन्डोनेशियाको चार उपजिल्ला र सातवटा ठूला गाउँ यसको चपेटामा परेका छन्। 

पूर्वी फ्लार्सका उपराज्य संरक्षकले सो नगरपालिकामा कम्तिमा ६० जनाको ज्यान गएको र दर्जनौं मानिस बेपत्ता भएको बताएका छन्। 

यस्तै, पूर्वी टिमोरको राजधानी जीलीमा पनि ११ जनाको ज्यान गएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.