दोस्रो स्थानमा उक्लिने माैका
दोस्रो स्थानमा उक्लिने माैका
काठमाडाैं : स्पेनिस ला लिगा फुटबलमा आज राति उपाधि दाबेदार बार्सिलोनाले भालाडोलिडसँग प्रतिस्पर्धा गर्दै छ।
राति पौने १ बजे घरेलु मैदान क्याम्प नोउमा हुने खेलमा बार्सिलोना सहज जितको खोजीमा हुनेछ।
भालाडोलिडलाई पराजित गर्न सके बार्सिलोना तालिकाको दोस्रो स्थानमा उक्लनेछ। दोस्रो स्थानका लागि बार्सिलोना र रियल मड्रिडबीच तीव्र प्रतिस्पर्धा भइरहेको छ।
जारी लिगमा रियलको ६३ अंक छ भने बार्सिलोनाको ६२ अंक छ।
बार्सिलोनाले आफ्नो पछिल्लो पाँच खेलमा सबैमा जित निकालेको छ। बार्सिलोनाविरुद्ध मैदान उत्रन लागेको भालाडोलिड २७ अंकका साथ तालिकाको १६ औँ स्थानमा छ।
जारी लिगमा एट्लेटिको मड्रिड ६६ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ। हिजो भएको खेलमा चाैथो स्थानको सेभिल्लासँग ३ अंक गुमाउँदा उसले शीर्ष स्थानमा बलियो अवस्था बनाउबाट चुकेको थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।