|

इन्डोनेशिया र पूर्वी टिमोरमा आएको बाढी-पहिरोमा १५० बढीको मृत्यु भएको छ। दर्जनौं व्यक्ति हराइरहेका छन्।

यस बाढीबाट इन्डोनेशिया र छिमेकमा पर्ने पूर्वी टिमोर बढी प्रभावित भएको अधिकारीहरूले जानकारी दिएका हुन्‌।

इन्डोनेशियामा १३० र पूर्वी टिमोरमा २७ जनाको मृत्यु इन्डोनेशियाको विपत् व्यवस्थापन निकायका प्रवक्ताले मङ्गलबार बिहान बताए। पूर्वी टिमोरको राजधानी डिलीको आवासीय क्षेत्रमा धेरै व्यक्तिको मृत्यु भएको बताइएको छ।

इन्डोनेशियामा अझै पनि ७० भन्दा बढी व्यक्ति हराएका खोजी तथा उद्धार कार्यमा संलग्न टोलीले मङ्गलबार जानकारी दिएका छन्। बाढी पहिरोका कारण दर्जनौं घरसहित भौतिक संरचनामा क्षति पुगेको जनाइएको छ।

आँधीबेहरीले लेम्बाटा टापुको केही गाउँ र समुद्रको किनारमा अवस्थित भवनहरू बगाएको छ। वर्षाको समयमा इन्डोनेशियाली द्वीपहरूका बाढी र पहिरोको प्रकोपले सताउने क्रम सामान्य जस्तै भइरहेको छ।

गत जनवरी महिनामा इन्डोनेशियाको पश्चिमी भागमा पर्ने जाभा प्रान्तको सुमेडाङ शहरमा आएको बाढीका परी कम्तीका ४० व्यक्तिको मृत्यु भएको थियो। त्यसैगरी गत सेप्टेम्बरमा बोर्नेओ सहरमा आएको पहिरोमा परी ११ व्यक्तिको मृत्यु भएको थियो।

इन्डोनेशियाको अनुमानित जनसंख्या १२ करोड ५० लाख रहेको छ। देशको आधा जनसंख्या पहिरो जोखिमयुक्त क्षेत्रमा बस्ने गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.