१४ वटा खोप केन्द्रमा खोप लगाइँदै

|

काठमाडौं : सरकारले फलफूल तरकारी पसलमा काम गर्ने, हिमाल पार व्यापार गर्ने नेपाली व्यापारी, होटेल, ट्रेकिङ, विज्ञापन र इन्टरनेटको क्षेत्रमा काम गर्ने, औषधि पसलमा काम गर्ने, प्राध्यापक, चीनमा छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थी वा चीनमा अध्ययन गर्न जाने तयारीमा रहेकालाई बुधबारदेखि खोप लगाउने भएको छ।

नेपाल सरकार र स्वास्थ तथा जनसंख्या मन्त्रालयमा २२ गते बसेको बैठकले २५ गते देखि दोस्रो चरण अन्तर्गत कोभिडविरूद्धको खोप लगाउने निर्णय गरेको हो।

वीर अस्पताल, प्रसूति गृह तथा स्त्रीरोग अस्पताल थापाथली, शुक्रराज ट्रपिकल अस्पताल, सिभिल अस्पताल, नेपाल मेडिकल कलेज, काठमाडौं मेडिकल कलेज, सिनामंगल, त्रिवि शिक्षण अस्पताल, सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारी, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, कीर्तिपुर, वीरेन्द्र छाउनी अस्पताल, नेपाल सशस्त्र प्रहरी अस्पताल, नेपाल प्रहरी अस्पतालमा खोप कार्यक्रम सञ्चालन हुने जनाइएको छ।

साथै ओम हस्पिटल तथा रिसर्च सेन्टर चावहिल र क्षेत्रपाटी निःशुल्क चिकित्सालय क्षेत्रपाटीमा खोप लगाउन तय भएको स्वास्थ तथा जनसंख्या मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखाले जनाएको छ।

काठमाडौं स्वास्थ्य कार्यालयसँगको समन्वय र सहकार्यमा अस्पतालको खोप केन्द्रलाई निरन्तरता दिई कोभिड-१९ विरुद्धको खोप लगाउन व्यवस्थापन गरिदिन अनुरोध गरिएको विज्ञप्तिमा उल्लेख छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.