|

काठमाडौं : कुमारी बैंक लिमिटेडले आफ्नो २० औँ वार्षिकोत्सव देशव्यापी रूपमा विभिन्न सामाजिक कार्यक्रमहरु आयोजना गरी मनाएको छ।

बैंकले आफ्नो प्रदेश– २ रहेका १५ वटै शाखाहरुबाट मन्दिर तथा स्थानीय परिसर सरसफाई तथा हरियाली संरक्षण कार्यक्रमहरु सम्पन्न गरेको छ। यसै सन्दर्भमा मिति चैत २१ गते बैंकको हरिवन शाखाले चतुर्भुजेश्वोर   महादेव मन्दिर सरसफाइ गरेको छ।  तथा राजविराज शाखाले सप्तरीस्थित सखडा भगवती मन्दिर परिसरमा सरसफाइ तथा डस्बिन, मास्क र सेनिटाइजर वितरण गरेको छ।

बैंकले वातावरण प्रतिको जिम्मेवारी बहन गर्नु नै समाजमा प्रभावकारी परिवर्तनको प्रधान वाहक रहेको कुरालाई आत्मसाथ गर्दै सो कार्यक्रमहरु गरेको हो। यस २० औं वार्षिकोत्सवको उपलक्ष्यमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रदेश– २मा रहेका १५ वटै शाखाहरुबाट बैंकले वृक्षारोपण एवं सरसफाइ कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ ।

कुमारी बैंकले आफ्ना देशव्यापी १९२ शाखा सञ्जाल, १६२ एटिएम, २५ शाखारहित बैंकिङ ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधाहरु दिँदै आएको र आगामी दिनहरुमा अझ सुलभ तथा उत्कृष्ट सेवाका निमित्त डिजिटल पूर्वाधारहरु सुदृढ पार्दै जाने प्रतिबद्धता जनाएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.